८ कार्तिक २०७७, शनिबार
११ भाद्र २०७७, बिहीबार ०६:४७

कोरोना संक्रमित गर्भवतीको मृत्यु


वीरगन्ज । नारायणी अस्पतालमा उपचाररत बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको बिहीबार बिहान मृत्यु भएको छ । बाराको हर्दियानिवासी ३३ हप्ताकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए । उनमा उच्च रक्तचापसमेत रहेको बताइएको छ । उपचारकै क्रममा बिहीबार बिहान साढे ६ बजे उनको मृत्यु भएको चौरसियाले बताए । नेपालमा कोरोनाले गर्भवतीको मृत्यु भएको यो पहिलोपटक हो ।


प्रतिक्रिया दिनुहोस !