१६ असार २०७९, बिहीबार
३१ बैशाख २०७७, बुधबार १३:२१

नारायणी अस्पतालको ट्वाइलेटको भेन्टिलेसन् फोडेर भागे २ कोरोना संक्रमित


कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जना अस्पतालबाट भागेका छन्। नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना भएका २ जना संक्रमित भागेका हुन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्।  उनीहरु मंगलबार भर्ना भएका थिए।

डा उपाध्यायका अनुसार महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्।

अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन्।

Tags :

प्रतिक्रिया दिनुहोस !