काठमाडौंकी संक्रमित महिला प्रहरीकै गाडीमा कञ्चनपुरबाट आएको खुलासा

काठमाडौं, ३१ वैशाख ।मंगलबार कोरोना संक्रमण पुष्टी भएकी चन्द्रागिरी मच्छेगाउँकी ३३ वर्षीया महिला दुई दिनअघि कञ्चनपुरबाट सशस्त्र प्रहरीको गाडीमा काठमाडौं गएको खुलेको छ।
लकडाउनका कारण देवरको ब्रतवन्ध पनि रोकिएको थियो। त्यसपछि लकडाउनकै कारण उनी तुरुन्तै काठमाडौं जान सकिनन्। काठमाडौँबाट कञ्चनपुर आएको सशस्त्र प्रहरीको स्वास्थ्यकर्मीको टोलीसँगै उनी दुईछोराछोरी लिएर २८ वैशाखमा काठमाडौँ फर्केकी थिइन्।
उनी करिब दुई महिना कञ्चनपुर बसेर काठमाडौं फर्केकी हुन्। ती महिलाका श्रीमान सशस्त्र प्रहरीका स्वास्थ्यकर्मी भएको आफन्तको भनाई छ। काठमाडौं फर्किएलगत्तै सशस्त्र प्रहरीको टोलीसहित उनको पनि स्वाब संकलन गरिएको सशस्त्र प्रहरीका एक अधिकारीले जानकारी दिए।