१६ असार २०७९, बिहीबार
३० बैशाख २०७७, मंगलवार १७:००

काठमाडौं र भक्तपुरमा पनि देखियो संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो


काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१७ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो ।

मंगलबार अबेर संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका १८, महोत्तरी, धनुषा र भक्तपुर २/२ तथा काठमाडौं र सर्लाहीमा एक/एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधकारीले जानकारी दिएका छन् ।

नेपालमा पहिलो पटक माघ १० गते कोरोना संक्रमण पुष्टि भएयता एकैदिन ८३ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितमा २२, २८, २८, ३२, ४५, ६० वर्षका महिलाहरु रहेका छन् भने १६ , २२, २४, २५, २५, २८, २८, ३२? ५९, ६१, ६१ वर्षका पुरुषहरु रहेका छन् ।यी सबै संक्रमित पर्सा निवासी हुन् । त्यसैगरी महोत्तरीका १६, ३५ वर्षीय पुरुष, धुनषा जिल्लाका २० वर्षीय महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यसका साथै भक्तपुर निवासी २५ वर्षीया महिला र २७ वर्षीया पुरुष तथा काठमाडौँ निवासी ३३ वर्षीया महिला र सर्लाही निवासी ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर, नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको छ । त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस !