कपिलवस्तुमा संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी

COVID-19 Update_Twitter
कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ ।
स्वास्थ्य मन्त्रालयको कोरोना रिर्पोटमा नगरपालिका वडा नं. १ को २५ बर्षीय यूवती संक्रमित भनिएको छ । ति यूवती स्वास्थ्यकर्मी भएको र उनि कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको बताइन्छ ।
आज कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भएका कपिलवस्तु नगरपालिका वाड न. ६ का बर्ष १९ पुरुष १ जना, वाड न.४ बर्ष २५ पुरुष १, वाड न.५ बर्ष ३६ पुरुष, वाड न.३ वर्ष ३२ पुरुष १, वाड न.७ बर्ष १९ पुरुष, वाड न.३ बर्ष २० पुरुष, वाड न.८ बर्ष २५ पुरुष,वाड न.१ बर्ष २५ महिला हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनिहरुको स्वास्थ अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पठाउने तयारी हुदैछ ।