१४ असार २०७९, मंगलवार
२९ बैशाख २०७७, सोमबार ०३:२०

कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो


COVID-19 Update_Twitter

काठमाडौं, २९ वैशाख । नेपालमा थप १० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्यि जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो । संक्रमित दशै जना पुरुषहरु कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमी नगरपालिकाका हुन् । संक्रमित भएकाहरुमा एक जनाको उमेर खुलेको छैन भने बाँकी संक्रमितहरु क्रमशः १८, १९, २०, २४, ३०, ३१ र दुई जना ३४ वर्ष उमेरका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस !