१३ असार २०७९, सोमबार
२८ बैशाख २०७७, आईतवार १६:४७

धामी-झाँक्रीको भर पर्दा सुत्केरीको ज्यान गयो


सांकेतिक तस्बिर।
सांकेतिक तस्बिर।

अछाम : अछामबाट हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज रिफर गरिएकी सुत्केरी देउमा साँउदको मृत्यु भएको छ । सुत्केरी भएको २५ दिनपछि अत्याधिक रक्तश्राव भएपछि उनलाई शनिबार उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।

नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उनको शल्यक्रिया हुन नपाउँदै ज्यान गएको उनका श्रीमान मानबहादुर साँउदले जानकारी दिए। उनले भने, ‘अप्रेशन गर्ने तयारीमा थियौ|, अप्रेशन गर्ने कोठामा लग्दै गर्दा ज्यान गइसकेको रहेछ । त्यस बेला नाक मुखबाट पनि रगत बगेको थियो ।’

रामारोशन गाउँपालिका ६ भाटाकाटियाकी २४ वर्षीया साँउदले वैशाख २ गते भाटाकाटिया स्वास्थ चौकीमा छोरीलाई जन्म दिएकी थिइन् ।  शुक्रबार एक्‍कीसी पेट दुखेपछि उनलाई गाउँकै धामी कहाँ लगेर उपचार गरिएको थियो। धामीले पेटमा देउकाडो(असह्य पेट दुखाई) परेकाले दुखाई निको पार्ने भन्दै पेटमा र ढाडमा हानेपछि केही बेर निको भएपनि त्यसपछि रक्तश्राव सुरु भएको उनका श्रीमान् मानबहादुरले बताए ।

गाउँमा धामी झाँक्रीको भर पर्दा र उपचारका लागि स्वास्थ संस्थामा समयमै पुर्‍याउन नसक्दा उनको ज्यान गएको बयलपाटा अस्पातलका डाक्टर विकास गौचनले बताए ।  उनले भने, ‘उहाँको धेरै रगत बगिसकेको थियो, पेटमा रगत पनि जमेको थियो, समयमै उपचार नपाउँदा मृत्यु भयो।’ अझै पनि दुरदराजका मानिस धामी झाँक्रीकै भर पर्छन्।

Tags :

प्रतिक्रिया दिनुहोस !