२५ श्रावण २०७९, बुधबार
१६ श्रावण २०७९, सोमबार २१:३७

सिन्धुली अस्पतालमा रहेका बेवारिसे शवले दुर्गन्ध फैलिदै


सिन्धुली । सिन्धुली जिल्ला अस्पतालमा बेवारिसे शवहरूको व्यवस्थापन नभएका कारण दुर्गन्ध फैलिरहेको छ ।

अस्पतालमा चार दिनअघि पोस्टमार्टमका लागि ल्याइएका बेवारिसे शवको व्यवस्थापन नभएका कारण अस्पताल आसपासको क्षेत्र दुर्गन्धित बनेकाे हो । गर्मीको समयमा शवगृहमा डिफ्रिज खुल्ला रूपमा राखिएको दुर्गन्धित शवको कारण अस्पतालमा चेकजाँचका लागि पुगेका बिरामीहरूको स्वास्थ्यमा समेत प्रतिकूल असर पारिरहेको छ ।

शव गृहमा राखिएको शव दिनदिनै कुहिएर विगत केही दिनदेखि गनाइरहेकोले दुर्गन्धित शवका कारण संक्रमक रोग फैलिने डर भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका-६ स्थित धुराबजारमा सडक दुर्घटनामा ज्यान गुमाएका एक बेवारिसे पुरूषको शव जिल्ला अस्पताल ल्याएको छ ।

मृतकको पहिचान खुल्न नसकेका कारण कोही आफन्त वा परिवारका सदस्य सम्पर्कमा आउछन् कि भनेर शव चार दिनदेखि अस्पतालकै शव गृहमा राखिएको प्रहरीले जनाएको छ । धेरै दिन बितिसक्दा समेत कोही सम्पर्कमा नआए पोस्टमार्टम गरेर स्थानीय तहलाई अन्त्येष्टिको लागि बुझाईने पनि प्रहरीले बताएकाे छ ।

निर्माणाधिन सिन्धुली अस्पतालमा शव राख्ने डिफ्रिज नहुँदा अस्पतालमा बेवारिसे शव आउँदा समस्या भएको छ ।


प्रतिक्रिया दिनुहोस !