तामाको भाँडाको पानी पिउनुका १७ फाइदा

तामाको भाँडोमा राखेको पानी स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा तपाईं हामीले सुनेकै कुरा हो।
आयुर्वेदिक विशेषज्ञका अनुसार तामाको भाँडोमा राखिएको पानीले रोग–प्रतिरोधी क्षमता बढाउँछ। पाँच हजार वर्षको आयुर्वेदिक अभ्यासअनुसार तामाको भाँडोमा राखिएको पानीमा धेरै किसिमका तत्त्व पाइन्छन्।

आयुर्वेदिक विशेषज्ञहरुका अनुसार तामाको भाँडोमा राखिएको पानी पिउँदा यी फाइदा हुन्छन् :
- थाइराइड ग्रान्थीको काममा सुधार
- एनिमिया रोगबाट बचाउनु
- शरीरको हड्डी बलियो बनाउनु
- शरीरको तौल घटाउन सहयोग गर्नु
- शरीरको बोसो घटाउन र त्यसलाई कम गर्न सहयोग गर्नु
- पाचन प्रणाली राम्रो राख्नु
- खानेकुराबाट पौष्टिक तत्व लिने शक्ति बढाउनु
- मिर्गौलालाई स्वस्थ राख्न सहयोग पुर्याउनु
- शरीरको विकार हटाउने प्राकृतिक तत्व दिनु
- शरीरका जीवाणुहरु मार्नु
- रोग प्रतिरक्षा क्षमता बढाउनु
- घाउचोट पुर्न सहयोग पुर्याउनु
- कुनै चोटबाट छिटो निको हुन सहयोग गर्नु
- शरीरको नयाँ कोषिका निर्माणमा सहयोग गर्नु
- कपाल र छालाको रङ यथावत राख्ने मेलानिनको उत्पादनमा सहयोग गर्ने
- शरीरको छाला मुलायम र लचिलो बनाउने
- अनुहारको रेखा हटाउन सहयोग गर्नु