२५ श्रावण २०७९, बुधबार
१३ श्रावण २०७९, शुक्रबार २१:५४

पहिलो पटक बस्यो राष्ट्रिय जनस्वास्थ्य समितिको बैठक


काठमाडौं–राष्ट्रिय जनस्वास्थ्य समितिको पहिलो बैठक शुक्रबार बसेको छ। २०७५ मा जनस्वास्थ्य सेवा ऐन बनेपछि पहिलोपटक स्वास्थ्य मन्त्रालयमा समितिको बैठक बसेको हो।

मानव स्वास्थ्यको विषयमा प्रभाव पार्ने स्वास्थ्यका वृहत सामाजिक निर्धारकहरुलाई सम्बोधन गर्न विषयगत क्षेत्रको नीति तथा कार्यक्रमहरुमा जनस्वास्थ्यका मुद्दालाई समावेश गर्ने सम्बन्धमा नीतिगत सुझाव दिन समिति गठन गर्ने गरिन्छ।

समितिको बैठक वर्षमा कम्तीमा २ पटक बस्नुपर्ने प्रावधान रहे पनि ऐन बनेपछि पहिलोपटक बैठक बसेको हो।

स्वास्थ्यमन्त्रीको अध्यक्षतामा समिति गठन हुने प्रावधान छ।


प्रतिक्रिया दिनुहोस !