२५ श्रावण २०७९, बुधबार
१२ असार २०७९, आईतवार १६:५६

एमबीबीएस पढ्ने विद्यार्थीले १० लाख पाउने


संघ, प्रदेशपछि अहिले स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेट आउने क्रम जारी छ । यसैबीच  दार्चुलाको मार्मा गाउँपालिकाले एमबीबीएस अध्ययन गर्नका लागि विद्यार्थीलाई १० लाख खर्चदिने नीति अगाडि सारेको छ । 

शुक्रबार गाउँपालिकाले जारी गरेको आव २०७९८० कोनीति तथा कार्य्रकमा यस्तो प्रावधान राखेको हो । 

उक्त सुविधा पाउनका लागि एमबीबीएस पढ्ने विद्यार्थीको स्थायी घर पालिकाभित्रै भएको र  गाउँपालिकाभित्रकै सामुदायिक विद्यालयमा पढेको हुनुपर्नेछ । 

गाउँपालिकाले स्तरोन्नति भएर १० शैय्याको अस्पतालको रुपमा स्तरवृद्धि भएको लटिनाथ स्वास्थ्य चौकीमा अढाई वर्षभित्र भवन निर्माण गर्ने भएको छ। गाउँपालिका भित्रका स्वास्थ्य चौकी भवन दुई वर्षभित्र निर्माण सम्पन्न हुने नीति तथा कार्यक्रममा उल्लेख छ।

अस्पतालको प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टललगायत सुविधा सुदृढीकरण गर्दै लग्ने उल्लेख छ। हरेक गाउँमा विशेषज्ञसहितको घुम्ती सेवा सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ। 


प्रतिक्रिया दिनुहोस !