२५ श्रावण २०७९, बुधबार
२८ जेष्ठ २०७९, शनिबार ०३:२७

भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर शनिबार मध्यरातमा भूकम्पको  धक्का


काठमाण्डौ उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ। शनिबार बिहान करिब २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। 

लामो समयपछि गएको भूकम्पको धक्काको कारण काठमाण्डौ उपत्यकाका मानिसहरु घरबाहिर निस्किन बाध्य भएका छन्। 

भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !