१२ असार २०७९, आईतवार
२६ चैत्र २०७८, शनिबार २१:२७

चीनको सांघाईमा संक्रमण तीव्र भएपछि कडा लकडाउन,औषधि र खानेकुरा समेत अभाव


काठमाडौं–कोरोना महामारी सुरु भएयता नियन्त्रणका लागि चीनले ‘जिरो कोभिड’ नीति अपनाउँदै आएको थियो। साथमा चीनमै तयार गरिएको साइनोभ्याक खोप पनि व्यापक रुपमा लगाएको थियो। तर हालै सांघाईमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणले चीनका ती दुवै प्रयासलाई निरर्थक साबित गरेको छ।

This image has an empty alt attribute; its file name is spark-health-home-ad.gif

सांघाईमा ८७ प्रतिशत मानिसलाई साइनोभ्याकको पूर्ण खोप लगाइएको थियो। पछिल्लोपटक ओमिक्रोन र एक्सई भेरियन्टले संक्रमणले दिनहुँ रेकर्ड राख्न थालेपछि चीन सरकारले सांघाईका २ करोड २६ लाख जनसंख्यालाई हर्बल औषधि बाँड्न थालेको समाचार सार्वजनिक भएका छन्। यो औषधिको प्रयोगले मानिसमा नयाँ भेरियन्टविरुद्ध प्रतिरोधी क्षमता विकास हुने सरकारको दाबी छ।

चीनमा पछिल्लोपटक दैनिक संक्रमितको संख्या २१ हजारभन्दा बढी छ। हालै पिपुल्स डेली अखबारले तीव्र रुपमा फैलिएको ओमिक्रोन भेरियन्टले महामारी नियन्त्रणलाई जटील बनाएको उल्लेख गरेको थियो। अखबारले भनेको थियो, ‘हामीले विना हिचकिचाहट जिरो कोभिड नीतिलाई कार्यान्वयन गर्नुपर्छ।’

खानेकुरा र औषधि अभाव
संक्रमण बढ्दै जाँदा सांघाईमा गत सोमबारदेखि लकडाउनलाई अनिश्चितकालीन बनाइएको छ भने जिरो कोभिड नीतिलाई कडा रुपमा कार्यान्वयन गरिएको छ। सोहीकारण यहाँ खानेकुरा र औषधि अभाव भएको बताइएको छ। स्थानीय बासिन्दालाई पसलमा किनमेल गर्न जानसमेत रोक लगाइएको छ।

स्थानीयले तरकारी, खानेकुरा, मासु, अण्डाजस्ता खाद्यपदार्थ तथा पानी पाउन सरकारी अधिकारीहरुलाई कुर्नुपर्ने हुन्छ। डेलिभरी गर्ने कम्पनीहरुले पनि आफ्नो कार्यक्षमतालाई घटाउन बाध्य भएको बताइएको छ।
सहरका केही क्षेत्र अन्य क्षेत्रबाट पूर्णतः सम्पर्कविच्छेद भएका छन्। चिनियाँ सामाजिक सञ्जाल वेइबोमा राखिएको एक भिडियोमा एक स्थानीयले भनेका छन्, ‘कृपया, अपर्याप्त आपूर्तिको समस्यालाई सकेसम्म चाँडो समाधान गरिदिनुस्।’

This image has an empty alt attribute; its file name is tobacco-online-add.gif

अर्काले भनेका छन्, ‘जीवनमा पहिलोपटक मैले भोकको सामना गरिरहेको छु।’ स्थानीयले यस्तो अवस्थामा वृद्धवृद्धालाई कसरी बचाउन सकिन्छ भनेर चिन्ता व्यक्त गरिरहेका छन्।

तर सांघाईका अधिकारीहरुले चामल, नुडल्स, दाल, तेल, मासुजस्ता खाद्यपदार्थ यथेष्ट रुपमा आपूर्ति गरिरहेको दाबी गरेका छन्। ‘दैनिक आवश्यकताका सामग्रीको आपूर्तिमा केही समस्या देखिएको भने साँचो हो,’ सांघाई नगरको वाणिज्य आयोगका उपनिर्देशक लिउ मिनले भनेका छन्।

यस्तै, बालबालिकामा संक्रमण देखिएमा बाबुआमाबाट अलग राख्नुपर्ने नियम लगाइएको छ। यसले स्थानीय आक्रोशित भएका छन्। पोजिटिभ भएर पनि सामान्य लक्षण देखिएका बासिन्दाले समेत होम आइसोलेसनमा बस्न नपाउने नियम छ।

This image has an empty alt attribute; its file name is 1649484250235_typhoid-message.gif

गत महिना पनि राष्ट्रपति सी चिनफिङले व्यापार र अर्थव्यवस्थालाई हानी नपुग्ने गरी जिरो कोभिड नीति लागू गर्नुपर्ने बताएका थिए।

facebook sharing button
messenger sharing button
whatsapp sharing button
linkedin sharing button
sharethis sharing button


Comment * 


प्रतिक्रिया दिनुहोस !