१४ असार २०७९, मंगलवार
१० चैत्र २०७८, बिहीबार १६:५४

गजेन्द्रनारायण सिंह प्रतिष्ठानले मापदण्ड मिचेर विज्ञापन खोल्यो- व्यवस्थापक संघ


काठमाडौं- नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले रौतहटको गजेन्द्र स्मृती अस्पतालले  प्रकाशन गरेको विज्ञापनप्रति आपत्ती जनाएको छ।

संघले अस्पताल प्रशासक तथा सहायक प्रशासकको आवश्यक योग्यता तोक्दा अस्पताल व्यवस्थापन विषय पढेकालाई प्राथामीकता नदिएको भन्दै परिमार्जन गरेर पुन सुचना प्रकाशन गर्न माग गरेको छ। 

Nheicc tobacco

संघका महासचिव होमप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगत २० वर्षदेखि स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयबाट स्वास्थ्य सेवा/अस्पताल व्यवस्थापन विषयको स्नातक तथा स्नातकोत्तर अध्ययन पूरा गरी स्वास्थ्यको क्षेत्रमा सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा कार्य गरिरहेको र देशमा यससम्बन्धी प्रशस्त जनशक्ति समेत रहेको हुँदा उक्त जनशक्तिलाई प्राथमिकता दिनुपर्ने सम्बन्धमा यस संघ जोडदार माग गर्दछ।’


प्रतिक्रिया दिनुहोस !