२५ श्रावण २०७९, बुधबार
१९ माघ २०७८, बुधबार १७:०२

नक्कली पिसिआर रिपोर्टको बिगबिगी


प्रहरीले नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका ४ जना कर्मचारी तथा बिचौलियालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा भक्तपुर कौशलटार बस्ने नागरिक हस्पिटलका ल्याब प्रवन्धक २४ वर्षमा प्रसन्नकुमार झासहित ललितपुर ग्वार्को बस्ने २५ वर्षका रोसन कुमार छिट्टान, भक्तपुर सुर्यबिनायक न‍.पा.वडा नं.५ सल्लाघारी बस्ने बर्ष २९ वर्षका माधव मैनाली र गौशाला बस्ने २५ वर्षका नागेन्द्र यादव रहेका छन् । उनीहरुलाई माघ १८ गते प्रहरीले प्रक्राउ गरेको हो ।  

भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिले बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुलाई नक्कली पिसिआर रिपोर्ट दिने बनाउने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । 

ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ पिसिआर रिपोर्ट दिने गरेको, ल्याबहरुमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्टनै नहेरी आफ्नो डिजिटल सिग्नेचर प्रयोग गरि रिपोर्ट दिने गरेको, कतिपय पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको सिटि भ्यालु तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने गरेको तथा पिसिआर रिपोर्टको मितिसमेत तलमाथि गरी रिपोर्ट दिने गरेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

अस्पतालहरुले केहि बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको, सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाव संकलन गरि बिभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको, बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने भनि प्रति व्यक्ति १० हजार सम्म असुल गरेको भेटिएको प्रहरीले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस !