२५ श्रावण २०७९, बुधबार
१६ माघ २०७८, आईतवार १९:५८

एकैदिन ३५ सय ४० जनामा संक्रमण पुष्टि ३२ जनाको मृत्यु,


काठमाडाैं – पछिल्लो २४ घण्टामा ३५ सय ४०जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ जनाको नमुना परीक्षण ३५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बितेको २४ घण्टामा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् भने यो अवधिमा संक्रमणका कारण थप ३२ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार हाल नेपालमा ८३ हजार ३९९ सक्रिय संक्रमित रहेका छन्।


प्रतिक्रिया दिनुहोस !