आज सबैभन्दा बढी ११ हजार ३५२ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ ।
२३ हजार ४०९ परीक्षणमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट आज ४ जनाले ज्यान गुमाएका छन् ।
देशभर ६ सय १३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।