३ जेष्ठ २०७९, मंगलवार
२ माघ २०७८, आईतवार २२:२५

कोरोनाका कारण संसद् बैठक स्थगित


कोरोनाभाइरसको संक्रमणका कारण संसद् बैठक स्थगन भएको छ।

संसद् सचिवालयले आइतबार सूचना प्रकाशित गरी राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक स्थगन भएको जनाएको छ।

संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा राष्ट्रिय सभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन भएको जनाएका छन्। राष्ट्रिय सभाको बैठक ३ माघ दिउँसो १ बजे बोलाइएको थियो।

त्यस्तै, प्रतिनिधि सभाको बैठक भने १६ माघ दिउँसो १ बजेसम्मका लागि स्थगन भएको छ। यसअघि प्रतिनिधि सभाको बैठक पनि ३ माघ दिउँसो १ बजे बोलाइएको थियो।

यसअघि पनि राष्ट्रिय सभा र प्रतिनिधि सभाका बैठक नियमित रूपमा सञ्चालन हुन सकेका थिएनन्। नेकपा (एमाले)को विरोधका कारण अवरुद्ध हुँदै आएका थिए।


प्रतिक्रिया दिनुहोस !