१० माघ २०७८, सोमबार
१२ पुष २०७८, सोमबार २०:५०

निजी अस्पतालमा पनि कोरोना खोप लगाउन पाइने


सोमबार, १२ पुस, २०७८,

कोभिड-१९ विरुद्धको खोप अब निजी अस्पतालमा पनि लगाउन पाइने भएको छ।

सरकारले खोप लगाउने दर बढाउन मेडिकल कलेज र ५० शय्याभन्दा बढीका नीजि अस्पताललाई खोप केन्द्र सञ्चालन गर्न चाहेमा समबन्धित जिल्लाको स्वास्थ्य संस्था समन्वय गर्न आग्रह गरेको छ। अहिले १६ हजारभन्दा बढी खोप केन्द्रबाट नियमित खोप अभियान सञ्चालन भइरहेको छ।

अब निजी अस्पतालबाट पनि १८ वर्षभन्दा माथिका नागरिकलाई सरकारको नियमअनुसार कोभिड-१९ विरुद्धको खोप दिने जनाएको हो। निजी अस्पतालले पनि बिहान ९ देखि बेलुका ५ बजेसम्म खोप अभियान सञ्चालन गर्न पाउनेछन।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरमणि अधिकारीका अनुसार खोप केन्द्र सञ्चालन गर्न इच्छुक स्वास्थ्य संस्थाले जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गर्दा तुरुन्त अनुमति र सरकारले उपललब्ध गराएको खोप पाउनेछ।

त्यहाँबाट सरकरी संस्थामा जस्तै निःशुल्क खोप लगाउन पाइनेछ। “धेरैभन्दा धेरै नागरिकले खोप पाउन भनेर हामीले यो निर्णय गरेका हौं,” सहप्रवक्ता अधिकारीले भने।

यसअघि सरकारी अस्पतालमा मात्र खोप केन्द्र सञ्चालन गरिएको थियो।

 


प्रतिक्रिया दिनुहोस !