१० माघ २०७८, सोमबार
२ पुष २०७८, शुक्रबार ०७:४७

राप्तिमा विवादित उपकूलपति भण्डारीको कार्यकाल सकियो, निमित्तकाे जिम्मेवारी लामिछानेलाई


सरकारले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकूलपतिको जिम्मेवारी डा. वसन्त लामिछानेलाई दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयबाट प्रतिष्ठानको शिक्षाध्यक्ष रहेका उनलाई जिम्मेवारी दिइएको हो।

विवादित उपकूलपति डा. संगीता भण्डारीको कार्यकाल केही दिनअघि सकिएको थियो ।

कार्यकाल नसकिँदै मन्त्रालयले मंसिर २४ गते उनलाई अर्को व्यवस्था नभएसम्मका लागि भनेर पत्राचार गरेपछि विवाद आएको थियो ।

पदमा हुँदा सिटीस्क्यान खरिद, अक्सिजन प्लान्टका सामग्री खरिदलगायतका अनियमिततामा उनको नाम जोडिएको थियो ।

त्यसबाहेक पदमा रहँदा प्रतिष्ठानको भौतिक र प्राज्ञिक उन्नयनमा खासै योगदान पुर्‍याउन नसकेकी भण्डारी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति हुँदासमेत विवादमा आएकी थिइन्। शक्तिकेन्द्र रिझाएर पटक-पटक पद हात पार्न सफल भए पनि परफरमेन्सका आधारमा उनले कुनै पनि संस्थामा उल्लेखनीय काम गर्न सकेकी छैनन्।

यसपटक पनि प्रधानमन्त्री पत्नी आरजु देउवासँगको विशेष सम्बन्धको बलमा उपकूलपति हुने दाऊमा भण्डारी रहेको जानकारहरु बताउँछन् ।

डा. वसन्त लामिछाने

प्रतिक्रिया दिनुहोस !