२५ श्रावण २०७९, बुधबार
२२ मंसिर २०७८, बुधबार ०७:१४

हिमाली जिल्लाका बालबालिकालाई खोप लगाउने तयारी


काठमाडौं – सरकारले हिमाली जिल्लाका बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडेर्ना खोप लगाउने तयारी गरेको छ।

कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार ४०० डोज मोडेर्ना खोप प्राप्त गरेसँगै सरकारले पहिलो चरणमा हिमाली जिल्लाका १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी गरेको हो।

This image has an empty alt attribute; its file name is norvic-01.gif

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी हप्तादेखि बालबालिकालाई मोडेर्ना खोप लगाउने तयारी अघि बढेको बताए।

तत्काल १० लाख डोज मोडेर्ना खोप आउने र जनवरी महिनाभित्र थप ४० लाख डोज साेही खोप प्राप्त हुने दाहालले बताए। खोप प्राप्त भएपछि अन्य जिल्लामा पनि बालबालिकालाई खोप लगाउने अभियान सञ्चालन गर्ने बताए।

messenger sharing button
whatsapp sharing button
linkedin sharing button
sharethis sharing button

प्रतिक्रिया दिनुहोस !