१० माघ २०७८, सोमबार
१९ मंसिर २०७८, आईतवार ०८:३८

ओमिक्रोन प्रभाव : पश्चिमी नाकामा कडाइ, शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षण


काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा देखा परेपछि पश्चिमी सीमाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ ।

सीमानाका भएर आउने यात्रुमध्ये शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले पोजेटिभ नतिजा परीक्षण गर्न केन्द्रीय प्रयोगशालामा पठाइने गरिएको छ । कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिन सीमा क्षेत्रमा सावधानी र सतर्कता अपनाइएको उहाँले बताउनुभयो ।

जोखिमलाई कम गर्न भारतबाट आउने यात्रुको पीसीआर रिपोर्टसँगै कोरोनाविरुद्धको खोप लगाइएको कार्डसमेत हेर्ने गरिएको छ । भारतबाट भित्रिने यात्रुको पश्चिमी सीमा क्षेत्र गड्डाचौकीमै मलेरिया, क्षयरोग र कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया दिनुहोस !