१९ मंसिर २०७८, आईतवार
२० आश्विन २०७८, बुधबार २१:२४

३० वर्ष कटेपछि महिलाले अनिवार्य गर्नुपर्ने यी पाँच परीक्षण


२०७८ असोज २० गते 

उमेर बढ्दै गएपछि सबै भन्दा बढी मेटाबोलिजम कमजाेर हुँदै जान्छ, जसले गर्दा मधुमेह तथा हाइपरटेन्सनको समस्या देखिन थाल्दछ। महिलाको ३० वर्ष निकै अर्थ राख्दछ। यस उमेरमा हर्मोनमा धेरै परिवर्तन आउन थाल्दछ।

त्यस्तै, जिम्मवारी र मानसिक तनाबबीच सन्तुलन बनाइ राख्न निकै गाह्राे हुन्छ। त्यसैले स्वास्थ्यकर्मीहरुले ३० वर्ष उमेरपछि विभिन्न परीक्षण गर्न सल्लाह दिन्छन्।

कम्प्लिट ब्लड काउन्टः

कम्प्लिट ब्लड काउन्ट सिबिसि यस्तो परीक्षण हो जसले शरीरको सबै स्वास्थ्य अवस्थाबारे जानकारी लिन सकिन्छ। यस परीक्षणमार्फत विभिन्न किसिमका संक्रमण, एनिमिया, डिस्अर्डर तथा क्यान्सर पनि पत्ता लगाउन सकिन्छ। यस परीक्षणबाट रातो रक्तकोसिका (आरबिसि), सेतो रक्त कोसिका (डब्लुबिसि), हेमोग्लोबिन, हेमटोक्रिट तथा प्लेटलेटबारे जानकारी लिन सकिन्छ।

लिपिड प्रोफाइलः

लिपिड प्रोफाइल परीक्षण गरेर शरीरको कोलेस्ट्रोलकाबारे पत्ता लगाउन सकिन्छ। यो परीक्षण गर्दा मुटु तथा रक्त वाहिकाको अवस्थाबारे बुझ्न सकिन्छ। लिपिड प्रोफाइलको पत्ता लगाएपछि हाम्रो खाना खाने बानी, डाइट, तनाव, व्यायाम तथा जीवनशैलीलाई सही तरिकाले चलाउन सकिन्छ। थाइराड तथा पोलिसिस्टिक ओभरी रोग यो प्रोफइलसँग जोडिएको हुन्छ।

थाइराइड परीक्षणः

अधिकाशं महिलालाई थाइराइको समस्या हुन्छ। सुरुमा यसको लक्षण कमै हुन्छ भने यसमा धेरैको ध्यान पनि गएको हुँदैन। त्यसैले पनि ३० वर्ष कटेपछि थाइराइडको जाँच गराउनुपर्छ। स्वास्थ्य विज्ञहरुका अनुसार यसको लक्षण अनियमित महिनावारी, वजन अचानक बढ्नु, कपाल झर्नु तथा इन्फर्टिलिटी हुनु हो।

ब्लड सुगरः

३५ देखि ४५ वर्ष भित्र कति महिला डायबिटिजको चपेटामा पर्ने गर्दछन्। कतिलाई मधुमेह लामो समयदेखि हुन्छ तर लक्षण खास नदेखिने हुँदा थाहा नभएकोु हुन्छ। मधुमेह हुँदा ब्लड सुगर अचानक बढ्न सक्छ, जसले गम्भीर असर गर्न सक्छ। शरीरमा रहेको चीनीलाई प्रयोगमा ल्याउन इन्सुलिनको मुख्य भुमिका रहन्छ।

प्याप स्मेयरः

आजभोलि महिलामा सर्भाइकल क्यान्सर (पाठेघरको मुखको क्यान्सर) बढी देखिने गरेको छ। प्याप स्मेयर माध्ययमबाट पाठेघरको मुखको क्यान्सरको शुरुवाती स्टेजमै पत्ता लगाउन सकिन्छ।

यो परीक्षणबाट कोशिकामा हुने परिवर्तनको पत्ता लगाउन सकिन्छ। यही बदलाब पछि गएर क्यान्सर हुन सक्छ। त्यसैले ३० वर्ष पछि यो परीक्षण गराउन निकै जरुरी छ।


प्रतिक्रिया दिनुहोस !