१९ मंसिर २०७८, आईतवार
१२ आश्विन २०७८, मंगलवार २०:२९

परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट


gjlgo'Qm k//fi6«dGqL v8sfnfO{ zky sf7df8fF}, ^ c;f]hM /fi6«klt ljBfb]jL e08f/L /fi6«klt ejg zLtnlgjf;df a'waf/ cfof]lht ;df/f]xdf gjlgo'Qm k//fi6«dGqL 8f gf/fo0f v8sfnfO{ kb tyf uf]klgotfsf] zky u|x0f u/fpFb} . tl:a/ M /Tg >]i7÷/f;;


परराष्ट्रमन्त्री नारायण खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिएको शपथ गैरकानुनी भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बनाएको करिब २ महिनापछि खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका थिए। राष्ट्रसंघीय महासभामा पठाउन हतार हतार खड्कालाई यही असोज ६ मा खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरिएको थियो। 

ad

त्यसपछि उनले सपथ लिएर त्यही दिन न्यूयोर्क उडेका थिए। कानुनले परिकल्पना गरेको ढाँचाबिना असंवैधानिक रुपमा शपथ गराइएको भन्दै त्यसलाई बदर गर्न मागसहित अधिवक्ता विशाल न्यौपानेले रिट हालेका हुन्। उनको रिट सर्वोच्चमा दर्ता भइसकेको छ। 

अधिवक्ता न्यौपानेले शपथसम्बन्धी कानुन नै नबनाइ कसैलाई पनि मन्त्रीको हैसियतमा सपथ नगर्न-नगराउन आदेश माग गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताएका छन्।

ad

संविधानको सपथसम्बन्धी व्यवस्था धारा ८० को कार्यान्वयनका लागि ‘सपथसम्बन्धी अध्यादेश २०७८’ जारी भई २०७८ जेठ ६ गते प्रमाणित भएर सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथसम्बन्धी कानून लागु भएको थियो।

तर संसद् अधिवेशन सुरु भएपछि सदनमा उक्त अध्यादेश पेस भएर पनि पारित हुन नसकेपछि उक्त अध्यादेश संविधानको धारा १४४ (२) (ग) अनुसार स्वत: निष्क्रिय भएको अवस्थामा कानुन अभावमा शपथ लिनु कानुनी राज्य प्रतिकुल हुने दाबी न्यौपानेले रिटमा गरेका छन्। 

न्यौपानेले दायर गरेको रिटमा भनिएको छ, ‘यो मुद्दाको अन्तिम टुंगो नलागेसम्मलाई मिति २०७८/०६/०६ मा नियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई परराष्ट्र मन्त्रीको हैसियतमा संविधान बमोजिम कानुन बनाई सपथ ग्रहण नलिएसम्म मन्त्रीको हैसियतले काम नगर्नू/ नगराउनु र संविधानको धारा ८० बमोजिम संघीय कानुन निर्माण नगरी कसैलाई पनि मन्त्रीको हैसियतले सपथ ग्रहण नगर्नू/ नगराउनु भनी अन्तरिम आदेश जारी गरी पाऊँ।’ 

पाँच दलीय गठबन्धनको सहमति अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्र मन्त्री बनाएका थिए। त्यसपछि राष्ट्रपति भण्डारीले उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरी असोज ६ गते पद तथा गोपनीयताको शपथ दिलाएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !