३० आश्विन २०७८, शनिबार
३१ भाद्र २०७८, बिहीबार १२:१८

जोर्नी दुखाइबाट राहत पाउन दैनिक गर्नुहोस यी ३ योगास


आजको समयमा मानिसहरु प्राय एकै ठाउँमा कुर्सीमा बसेर काम गर्ने र शारीरिक श्रम पटक्कै नगर्ने हुँदा मांसपेशी र जोर्नीमा दुखाइ हुने समस्या बढ्दो छ। यद्दपी, जोर्नी दुखाइका यी बाहेक पनि अन्य कारण हुनसक्छन्। बढ्दो उमेरको यो समस्या अब युवाहरुमा पनि सामान्य भएको छ।

यसको समाधानका लागि मानिसहरु दुखाइ कम गर्ने औषधी लिन थाल्छन्, जसकारण केहि समय आराम मिलेपनि पछि फेरी दुखाइ बल्झिन थाल्छ। दुखाइ कम गर्ने औषधीको लगातार प्रयोगले शरीरलाई पनि हानि पुर्‍याउँछ। यसबाट छुटकारा पाउनका लागि एक प्राकृतिक उपचार योग हुन सक्छ। केहि योगाशन नियमित गर्दा जोर्नी दुखाइबाट छुट्कारा पाउन सक्नु हुनेछ। जान्नुहोस् ती योगासन बारे। प्राणायाम प्राणायाम प्राण र आयाम दुई शब्द मिलेर बनेको छ ।

सामान्यतया हामीले लिने श्वासलाई प्राण भन्न सकिन्छ । आयामको तात्पर्य हो फैलाउनु, बढाउनु आदि । प्राणायामको अर्थ हो, हामीमा रहेको प्राणशक्तिलाई फैलाउनु, बढाउनु, सञ्चित गर्नु आदि । यसको अभ्यासले शरीरका सम्पूर्ण नाडीहरूलाई शुद्ध गरी प्राणशक्तिलाई सञ्चार गराउँछ । प्राणायामले मनको विक्षिप्ततालाई रोक्छ भने ध्यानलाई सहज बनाउछ ।

नियमित रूपमा प्राणायाम गर्नाले जोर्नी दुखाईमा राहत प्रदान गरी सम्पूर्ण शरीरको लागि लाभदायिक हुन्छ। दैनिक प्राणायाम गर्दा जोर्नी दुखाइमा राहत महसुस हुन्छ र बिस्तारै यो समस्याबाट छुटकारा पाइन्छ। प्राणायाम गर्नका लागि एक सम्म परेको स्थानमा चकटी ओछ्याउनहोस। त्यहाँ पलेटी मारेर बस्नुहोस्।

अब तपाईको दाइने औलाले दायाँ नाकलाई दबाएर बायाँ नाकबाट श्वास लिनुहोस। अब अनामिका औंलाबाट बायाँ नाकलाई दबाएर दायाँबाट श्वास फाल्नुहोस। दोस्रोपटक जुन नाकको प्वालबाट श्वास लिएको हो त्यहीबाट श्वास लिनुहोस्। य यो योगका लाग खुल्ला स्वच्छ र शान्त ठाउँलाई रोज्नुहोस्। सेतुबन्धासन यस आसन गर्नका लागि सबैभन्दा पहिला आरामले पीठको बलले बस्नुहोस।

तपाईको हातलाई शरीर नजिकै राख्नुहोस। र तल छोड्नुहोस। अब घुंडालाई मोड्नुहोस्। त्यसपछि विस्तारै श्वास लिंदै शरीरलाई माथि उठाउनुहोस। जसले तपाईको शरीर पुलको आकारमा आउँछ। यस अबस्थामा आरामले श्वास लिनुहोस् र छोड्नुहोस। १० देखि ३० सेकेन्डसम्म यही मुद्रामा बस्नुहोस। त्यसपछि श्वास छोड्दै तपाइको कम्मरलाई पुन तल ल्याउनुहोस।

शवआसन शवको अर्थ हो मूर्दा । शवासनमा शरीरलाई मूर्दाजस्तै अचल र स्थिर राखिन्छ । यस आसनको उद्देश्य शरीरलाई शिथिल पार्दै गहन विश्रामको अवस्थामा पु¥याउनु हो । प्रायः शवासन सबै आसनहरू पूरा गरिसकेपछि अन्तमा गरिन्छ । आसनहरूको श्रमद्वारा उत्पन्न थकाई मेटाउन यो आसन अत्यन्त प्रभावकारी छ ।

आवश्यकता परेमा अन्य आसनहरूका बिचमा पनि शवासन गर्न सकिन्छ । यो आसन आवश्यकताअनुसार जुनसुकै समयमा पनि गर्न सकिन्छ । दिउँसो कुनै पनि समयमा कुनै विशेष परिश्रम पर्ने काम गरेर थाकेपछि केही समयका लागि शवासन गर्नाले शान्ति एवम् स्फूर्ति प्राप्त हुन्छ । यो योगासन सम्पूर्ण शरिरका अंगका लागि फाइदाजनक हुन्छ । विधि — उत्तानो परेर सुत्नुहोस् ।

— खुट्टालाई १ देखि १।५ फिट जति फैलाएर राख्दै हात शरीरबाट आधा फिट जति टाढा हत्केला आकाशतिर फर्काएर सुत्नुहोस् । — टाउकालाई आरामदायक अवस्थामा राख्दै आँखा बन्द गर्नुहोस् । — पूरै शरीरलाई शिथिल छोड्नुहोस् जहाँ कुनै तनाव नरहोस् । — छातीका मांसपेशीहरूलाई खुकुलो पारेर केहीवेर गहिरो श्वास लिँदै, छोड्दै गर्नुहोस् । — अब पूरै चेतना दुवै पैतालामा केन्द्रित गर्नुहोस् र पैतालालाई गहन आराम भइरहेको महसुस गर्नुहोस् । — विस्तारै चेतनालाई नली तथा घठ कम गर्छ । जाम भएका मांसपेशी, नशनाडीलाई खुलाउँछ ।

योगको उच्चतम अवस्था धारणा, ध्यानको अभ्यास र समाधिको प्राप्तिका लागि शरीर र मनलाई तयार गर्छ । -‘राष्ट्रिय योगाक्रम पुस्तक’बाट


प्रतिक्रिया दिनुहोस !