३१ आश्विन २०७८, आईतवार
२४ भाद्र २०७८, बिहीबार २१:१४

कोभिड भएपछि भ्याक्सिन लगाउनेहरूमा ‘सुपरह्युमन इम्युनिटी’, जसले गर्छ बुलेटप्रुफजस्तै सुरक्षा


न्युयोर्क—कोभिड—१९ को संक्रमणपछि भ्याक्सिनको दुवै डोज लगाउने केही व्यक्तिहरुमा सुपर एन्डीबडी विकास भएको पाइएको छ । जसले एक बुलेटप्रुफजस्तै कोभिड—१९ संक्रमणबाट बचाउने दावी गरिएको छ । यो दावी न्युयोर्कको रकफेलर युनिभर्सिटीका शोधकर्ताले गरेका हुन् । उनीहरुले हालै यसमाथि अनुसन्धान गरेका थिए ।

अनुसन्धानमा संलग्न वैज्ञानिकहरुकाअनुसार कोभिड—१९ संक्रमणपछि दुवै डोज खोप लगाएका व्यक्तिहरुको रोगसँग लड्ने प्रतिरोध क्षमतामा उल्लेख वृद्धि भएको देखिन्छ, जसका कारण संक्रमण हुनेबितिकै एन्डीबढीले तुरुन्तै प्रतिरोध गर्छन् ।

यसलाई ‘सुपरह्युमन इम्युनिटी’ नाम दिइएको छ । शोधकर्ताहरुकाअनुसार सुपर इम्युनिटी कोभिड—१९ का फरक—फरक भेरिन्ट विरुद्ध लड्नका लागि तयार रहन्छ । न्युयोर्कको रकफेलर युनिभर्सिटीका वैज्ञानिहरुले कोभिड—१९ इम्युनिटीमाथि अनुसन्धान गरेका थिए ।

अनुसन्धानबाट यो पत्ता लगाउने कोशिश गरिएको थियो कि संक्रमणपछि कोभिड इम्युनिटी र नेचुरल इम्युनिटी कतिसम्म कोभिड—१९ भाइरसबाट बचाउँछ । अनुसन्धानमा फाइज र मोर्डनाको भ्याक्सिन लगाउने व्यक्तिहरुलाई सामेल गरिएको थियो । सामान्य भाषामा भन्दा यी दुवै भ्याक्सिन कोभिड—१९ को जेनेटिभ मेटेरियल एमआरएनएले शरीरको इम्युन सिष्टममा यस्तो प्रकारले ट्रेन गर्छ कि यो भाइरसको संक्रमण तुरुन्तै थाहा पाएर यससँग लड्नका लागि एक्टीभ हुन्छ ।

जो व्यक्तिहरु कोभिड—१९ संक्रमणमुक्त भएका छन्, उनीहरुको इम्युन सिष्टम धेरै हदसम्म कोभिड—१९ भाइरससँग लड्न सिकिसक्छ । त्यसपछि भ्याक्सिनको दुवै डोजपछि त्यो क्षमता सुपर प्रोजेक्टेड भएको पाइएको थियो । अनुसन्धानमा कोभिड—१९ सँग लड्नका लागि शरीरमा एक प्रकारको सुरक्षा कवच विकसित भएको पाइएको थियो ।

यसरी काम गर्छ सुपरह्युमन इम्युनिटी मानिसमा इम्युनिटी दुई प्रकारले बन्ने गर्छ । पहिलो ती व्यक्तिहरु जो भाइरसबाट पहिले नै संक्रमित भइसकेका हुन्छन् । दोस्रो ती जसलाई भ्याक्सिन लगाएका छन् । जो व्यक्ति पहिले नै कोभिड—१९ संक्रमण भइसकेका छन्, उनमा बनेको नेचुरल इम्युनिटी अलग प्रकारले काम गर्छ । भाइरसको संक्रमण भएपछि यसले कयौ प्रकारले सुरक्षा दिन्छ । जस्तो कि इम्युन सिष्टमको वी र टी कोषिका भाइरसलाई पहिचान गर्न सक्षम हुन्छन् । सामान्यतयाः यस्तो इम्युनिटी ७ देखि ८ महिनासम्म रहन्छ ।

एक वर्षपछि पनि कोषिकाहरुले भाइरसलाई पहिचान गर्ने कोशिस गर्छन्, तर नयाँ भेरियन्टको संक्रमणको खतरा भने बढ्ने गर्छ । नेचुरल इम्युनिटी प्राप्त गरिसकेपछि यदि कोही व्यक्तिले भ्याक्सिन लगाउँछन् त रोगसँग लड्ने इम्युन सिष्टमको मेमोरी भाइरसँग लड्नका लागि अझ तेज हुन्छ । भ्याक्सिन एक प्रकारले इम्युन सिष्टमको सिंग्नल दिने काम गर्छ ।

जसका कारण लामो समयसम्म भाइरसलाई रक्षा गर्न तयार हुने बताइएको छ । कोभिड—१९ को संक्रमणपछि भ्याक्सिनको दुवै डोज लगाउने व्यक्तिमा संक्रमणसँग लड्नका लागि १०० गुणा बढी सुरक्षा दिने एन्डीबडी तयार गर्छ ।

यो भेरिन्ट कोभिडका खतरापूर्ण भेरियन्ट द्य।ज्ञ।घछज्ञ बाट समेत सुरक्षा दिने सक्ने बताइएको छ । रकफेलर युनिभर्सिटीका भाइरोलोजिष्ट थियोडोरा हैटजियोआनोकाअनुसार कोभिड संक्रमण जितिसकेपछि भ्याक्सिनका दुवै डोज लगाउने व्यक्ति यतिबेला भाइरसँग लड्नका लागि सबैभन्दा राम्रो स्थितीमा छन् । यस्ता मानिसहरुको रगतमा रहेको एन्टीबडी २० वर्ष पहिले देखिएको कोरोना भाइरसलाई माथ दिन सक्छ । यो भाइरस सार्स कोभ२ भन्दा काफी अलग हो ।

अमेरिकामा सन् २०२१ को अगष्टसम्म भ्याक्सिनको दुवै डोज लगाएका करिब १७ करोड मानिसमा संक्रमण भयो । जसमध्ये १० हजार ५ सयलाई दोस्रो पटक कोभिड—१९ संक्रमण भयो भने २ हजारको मृत्यु भयो ।

वैज्ञानिकहरुकाअनुसार भ्याक्सिनको प्रभावका कारण मृत्यु आँकडामा काफी कमी भएको हो । -दैनिक भाष्करबाट भावानुवाद


प्रतिक्रिया दिनुहोस !