३१ आश्विन २०७८, आईतवार
१९ भाद्र २०७८, शनिबार १२:०८

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ७० प्रतिशत विशेषज्ञ चिकित्सक पास


नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकहरुको लाईसेन्स परिक्षामा ७० प्रतिशत चिकित्सक पास भएका छन् । काउसिलले सुक्रवार विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा लिएको थियो ।

सो परीक्षामा ४ सय ८० चिकित्सकले फारम भरेकोमा ४ सय ७८ जना परीक्षामा समावेस भएका थिए । सहभागी मध्ये ३ सय ३९ जना पास भएको काउन्सिलका रजिष्टार डा कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।

डा अधिकारीका अनुसार १३० जना अनुत्रीर्ण भएका छन् भने ९ जनाको परिक्षाफल विथहेल्डमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !