३१ आश्विन २०७८, आईतवार
१६ भाद्र २०७८, बुधबार २२:१०

चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी दुई सातादेखि वेपत्ता


काठमाडौं—चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी दुई सातादेखि वेपत्ता रहेका छन् । एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत २७ वर्षीय प्रवीण बस्नेत २ भदौदेखि हराइरहेका हुन् ।

कलेज नजिकै डेरा गरी बस्ने उनी साथीसँग चिया खाएर आउँछु भनेर २ भदौंको अपरान्ह डेराबाट निस्किएका थिए । तर, त्यसपछि उनी सम्पर्कमा आएका छैनन् ।

उनका बुवा जगतबहादुर बस्नेतले सम्पर्कमा नआएपछि ३ भदौंमा चितवन प्रहरीमा खोजबिनका लागि निवेदन दिएको प्रहरीले जनाएको छ । चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बस्नेतको खोजी जारी रहेको बताए ।

‘उहाँ २ भदौदेखि हराइरहनुभएको छ,’ उनले भने, ‘हामीले खोजी जारी राखेका छौ । तर, अहिलेसम्म फेला पार्न सकेका छैनौं ।’ प्रहरीकाअनुसार सुर्खेत स्थायी घर भएका बस्नेत चढ्ने मोटरसाइकल भरतपुर—१ देवघाटस्थित तनहुँ र चितवन जोड्ने झोलुङ्गे पुल नजिकै भेटिएको थियो ।


प्रतिक्रिया दिनुहोस !