१० माघ २०७८, सोमबार
२६ श्रावण २०७८, मंगलवार १९:४६

काठमाडौँ उपत्यकामा थप ११८६ जनालाई कोरोना


काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११८६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जना कोरोना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ।

देशभर हालसम्म ३७ हजार ३३२ सक्रिय संक्रमित छन्। मंगलबार २ हजार ११५ जना संक्रमणमुक्त भएका छन्।


प्रतिक्रिया दिनुहोस !