५ आश्विन २०७८, मंगलवार
१६ श्रावण २०७८, शनिबार १६:३१

लक्षित वर्गभन्दा बाहिर खोप दिन मिल्दैन भन्दा लछार पछार पार्दै कुटपिट गरे


टोखा नगरपालिका स्वास्थ्य शाखामा कार्यरत म (वशन्त गैरे) श्रावण १५ गते देखि सन्चालनमा रहेको भेरोसेल खोपको पहिलो मात्रा खोप लगाउने अभियान सफल बनाउन हरेक दिन बिहानै देखि खोप केन्द्र व्यवस्थान, भ्याक्सिन तथा भिड व्यवस्थापनमा खटिरहेको थिए।

साविक झैं श्रावण १६ गते बिहान ६ बजे उठ्ने बित्तिके ग्राण्डी अस्पतालमा रहेको खोप केन्द्रमा लक्षित समूह भन्दा बाहिरी व्यक्तिहरू बसेको भए जानकारी गराउने उद्देश्यले निस्किए।

खोप केन्द्रमा बिहान ६: १५ बजे नै करिब ३०० जना व्यक्तिहरू खोप लगाउने केन्द्रमा लाईन लागिसकेका थिए । अस्पतालका सुरक्षाकर्मी संग सहकार्य गर्दै केन्द्रेमा टाँसिएको व्यानर देखाउँदै उक्त समूहमा नपर्ने व्यक्तिहरू लाईन बसि कष्ट नगर्नुहुन अनुरोध गर्न सुरूमात्र के गरेका थिए एक जना अपरिचित व्यक्ति पछाडीबाट आएर ढाडमा समाएर लछार पछार गर्न थाले।

लछार पछार गर्ने व्यक्ति संगै आएका अन्य व्यक्तिहरूले समेत होहल्ला गर्न थाले। अस्पतालका सुरक्षार्मीले लछार पछार गर्ने व्यक्तिलाई छुटाएर र भिडबाट निस्कदै अस्पताल भित्र भागी ज्यान जोगाउन सफल भए ।

अस्पताल भित्र गएर सुरक्षित महसुस गरे पश्चात स्थानिय जनपथ प्रहरीलाई खबर गरे र स्थानिय जनप्रतिनधी ला समेत जानकारी गराए। तत्कालै घटना स्थलमा नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक आए र लछार पछार गर्ने व्यक्ति को हो भनि खोजी गर्दा लछार पछार गर्ने व्यक्ति मै हो के गर्न सक्छस् भनि जवाफ फर्काए। नियन्त्रणमा लिदा सम्म निज व्यक्तिले अपमानजनक शब्दहरू र दुरव्यवहार गरिनै रहेका थिए।

घटना भए पश्चात लछार पछार गर्ने व्यक्तिलाई महाराजगंज प्रहरी प्रभाग लगिएको छ । आज शनिबारको दिन भएकोले जाहेरी दर्ता नहुने भएकोले भोली आइतबार बिहानै आउन जानकारी गराए पछि कारवाही प्रकृया अगाडी बढाउने गरि फर्किएको छु।

नगरपालिकामा गएर उक्त आक्रमण गर्ने व्यक्तिवारे खोजि गर्दा आक्रमण गर्ने व्यक्ति रामकाजी थापा टोखा नगरपालिका वडा नं‌. ३ मा वसोवास गर्ने र निजले ग्राण्डी अस्पतालमा केहि दिन पहिले जाेनसन एण्ड जाेनसनको खोप लगाई सकेको रेकर्ड भेटिएको थियो ।

आक्रमण गर्ने व्यक्तिको नगरपालिका भित्र विभिन्न व्यापार व्यवसायमा संलग्नता भएको र निजले खोप केन्द्रमा आक्रमण गरि आफ्ना व्यक्तिहरूलाई खोप लगाउन कुपन जफत गर्ने उद्देश्यले आएको देखिन्छ।

टोखामा आज भएको यो घटना एक उदाहरण मात्र हो । खोप केन्द्रहरूमा गुण्डागर्दी गर्ने, आफ्ना व्यक्तिहरूलाई खोप लगाउन स्वास्थ्यकर्मीलाई डर र धम्कि देखाउने र हुल गर्ने घटना बारम्बार घट्ने गरेका छन्।

काठमाण्डौं का भिडभाड हुने खोप केन्द्रमा यस प्रकारका घटना बारम्बार हुँदा स्वास्थ्यकर्मीहरूलाई कार्यक्रम सन्चालन गर्न अप्ठेरो हुने मात्र होइन स्वास्थ्यकर्मीहरूलाई मानसिक तनाव र निरन्तर गाली गलोजको सामना समेत गर्नु परेको छ।

facebook sharing button
twitter sharing button
sharethis sharing button
linkedin sharing button
print sharing button


प्रतिक्रिया दिनुहोस !