५ आश्विन २०७८, मंगलवार
७ श्रावण २०७८, बिहीबार २२:४६

कोभिड– १९ उपचारमा खटिएका करारका स्वास्थ्यकर्मीकाे करार अवधि पुषसम्म थपियाे


काठमाडौँ–सरकारले कोभिड –१९ संक्रमितहरुको उपचारको लागि रिक्त रहेको ठाउँमा करारमा लिइएका जनशक्ति(स्वास्थ्यकर्मी)लाई ६ महिना करार अवधी थप गर्ने निर्णय गरेको छ ।

३ साउनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिब स्तरीय निर्णय गर्दै बढीमा ६ महिनासम्म थप्न सकिने निर्णय गरेको हो । कोभिड १९ को दोस्रो लहर बढेसँगै १४ वैशाखमा दरवन्धिमा रिक्त रहेका पदमा आवश्यक कर्मचारी बढीमा ६ महिनाका लागि करार सेवामा लिन सकिने निर्णय गरेको थियो ।

मन्त्रालयको पछिल्ले निर्णयसँगै कोभिड-१९ को लागि कारारमा लिइएका स्वास्थ्यकर्मीको जागिर आगामी पुषसम्म निश्चित भएको छ ।


प्रतिक्रिया दिनुहोस !