५ आश्विन २०७८, मंगलवार
३ श्रावण २०७८, आईतवार १९:५४

आज कोरोनाबाट थप २३ जनाको मृत्यु, १,८०१ संक्रमित


३ साउन, काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका ६ हजार ६ सय २८ जनाकाे पीसीआर परीक्षण गर्दा १ हजार २२३ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार जनाको एन्टिजेन परीक्षणबाट ५७८ जनामा पुष्टि भएको छ। यस्तै सोही अवधिमा १ हजार ६६७ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९,५५०  पुगेको छ। हालसम्म ७ लाख १६ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ भने ६ लाख ३२ हजार ७४  जना संक्रमण मुक्त भएका छन्।


प्रतिक्रिया दिनुहोस !