५ आश्विन २०७८, मंगलवार
२९ असार २०७८, मंगलवार ००:०९

खोटाङ अस्पताललाई बायोकेमेस्ट्री एनालाइजर हस्तान्तरण


विराटनगर – प्रदेश १ सरकारले खोटाङ जिल्ला अस्पताललाई फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजर मेसिन हस्तान्तरण गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरले खरिद गरेको सो मेसिन सामाजिक विकासमन्त्री उषाकला राईले अस्पतालका ल्याव टेक्निसियन शेखर अधिकारीलाई सो मेसिन हस्तान्तरण गरेकी हुन् ।

जिल्ला अस्पतालमा अत्याधिक बिरामीको चाप रहेकाले सुगर, लिभर फङ्सन लगायतको परीक्षणमा समस्या हुँदै आएको थियो । सो मेसिनले एक घण्टामा साढे ३ सय नमूना परीक्षण गर्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिए ।

एकैपटकमा ७२ वटा नमूनाहरु राख्न सकिने उनले बताए । फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजर मेसिनको बजार मुल्य करिब ३५ लाखसम्म पर्ने साहको भनाई छ । मन्त्री राईले जिल्ला अस्पतालहरुलाई आवश्यकता आधारमा स्वास्थ्य उपकरणहरु प्रदेश सरकारले प्रदान गर्दै जाने बताए । खोटाङ अस्पतालका ल्याव टेक्निसियन अधिकारीले परीक्षणमा सहज हुने र उपचारमा पनि सरलता आउने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !