४ असार २०७८, शुक्रबार
२२ जेष्ठ २०७८, शनिबार २१:०८

अब कुकुरले पत्ता लगाउने भयो कोरोना, हेनुहोस् भिडियो


काठमाडौं । 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमण पत्ता लगाउन विभिन्न विधिबाट परीक्षण हुँदै आएको छ । अहिले विश्वभर सबैभन्दा धेरै पीसीआर विधिबाट काभिड–१९ भाइरसको परीक्षण भइरहेको छ ।

 यसबाहेक आरडीटी इन्टिजेन विधिबाट पनि कोभिड–१९ संक्रमण छ, छैन पत्ता लगाउने गरिएको छ । परीक्षणका नयाँ विधिहरु पनि विकास भइरहेका छन् । 

यसैबीच विश्वका केही देशमा कोरोना भाइरस संक्रमण पत्ता लगाउन तालिम प्राप्त कुकुरको पनि प्रयोग गर्न थालिएको छ । कुकुरले पसिनाबाट आउने विशेष गन्धका आधारमा कोभिड–१९ संक्रमणको सुरुपाती चरणमै अवस्थालाई पत्ता लगाउन सक्ने दावी गरिएको छ । 

यस्तै प्रयोग अस्ट्रेलियामा गरिँदै छ। विदेशबाट आउने व्यक्तिमा संक्रमण छ, छैन पत्ता लगाउन विमानस्थलमा कुकुरको परिचालन गर्न लागिएको हो। 

एडिलेड विश्वविद्यालयकी अनुसन्धानकर्ता डा.सुसन हाजेलका अनुसार यात्रु संक्रमित भए नभएको प्रारम्भिक जाँचका लागि यस्ता कुकुरको प्रयोग हुनेछ। यसरी कुकुरावाई परिचालन गर्न तालिमसमेत  दिइसकिएको हाजेलले बताइन्। 

यसरी तालिम दिइएका कुकुरले कोरोना संक्रमणको सुरुवाती चरणमा रहेका तर पीसीआर परीक्षणको गर्दा नेगेटिभ रिापोर्ट आएकामा रहेको कोरोना संक्रमणको अवस्थासमेत पत्ता लगाउने दावी गरिएको छ । 

अस्ट्रेलियन बोर्डर फोस, जैविक सुरक्षा विभाग, आपत्कालीन सेवा र एडिलेड युनिभर्सिटीको सहकार्यमा अस्टे«लियाले कोरोना संक्रमित पत्ता लगाउन कुकुर परिचालन गर्न लागेको हो।

यसअघि फिनल्यान्डले पनि हेलसिन्की विमानस्थलमा संक्रमित पहिचानका लागि तालिम प्राप्त कुकुर प्रयोग गरिसकेको छ । दक्षिण अमेरिकी देश चिली, युरोपको जर्मनीलगायतका देशमा पनि कोरोना संक्रमित पत्ता लगाउन कुकुरको प्रयोग गरिएको खबरहरु आइरहेका छन्


प्रतिक्रिया दिनुहोस !