४ असार २०७८, शुक्रबार
८ जेष्ठ २०७८, शनिबार १७:२८

पछिल्लाे २४ घण्टामा १२९ जनाकाे मृत्यु, ८ हजार ९८० संक्रमित थपिए


काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ८ हजार ५ सय ९१ र एण्टीजेन विधिबाट ३ सय ८९ गरी कुल ८ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आजै ८ हजार ८ सय ४८ जना निको भएकाे स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ३ लाख ८३ हजार ६ सय ८४ जना संक्रमितहरु निको भएका छन्। पछिल्लो २४ घण्टामा काेराेना संक्रमण निकाे हुने दर ७५.८ प्रतिशत रहेकाे छ ।

हालसम्म १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित आइसाेलेशनमा छन् भने ८ सय ८६ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १९ हजार ३ सय ५७ र एन्टीजेन विधिबाट ७ सय ४८ गरी कुल २० हजार १ सय ५ जनाको काेराेना परीक्षण गरिएको छ। यो सँगै नेपालमा काेराेना परीक्षण हुनेको संख्या २८ लाख ९७ हजार ५ सय ३ जना पुगेको छ ।

गत २४ घण्टामा १ सय २९ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ। जनाको मृत्यु भएको थियो। याे संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेकाे मृतककाे संख्या समेत थप गरिएकाे मन्त्रालयले जनाएकाे छ। हिजाे १ सय ७७ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे थियाे ।

मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेकाे संख्या कुल ६ हजार १ सय ५३ जना पुगेकाे छ ।


प्रतिक्रिया दिनुहोस !