४ असार २०७८, शुक्रबार
६ जेष्ठ २०७८, बिहीबार १३:४३

सुनसरीको इटहरीस्थित सामुदायिक अस्पतालमा चरम लापरबाही र बिरामीमाथि शाेषण


सुनसरी, ०६ जेठ २०७८

स्वास्थ्य नागरिकको लागि आधारभूत आवश्यकताहरू मध्यको एक अपरिहार्य, सहज र सुलभ तरिकाले उपलब्ध हुनु पर्ने अधिकारको क्षेत्र हो। तर पछिल्लो चरणमा नेपालमा स्वास्थ्य क्षेत्रमा अनुमान गरे भन्दा बढी बेथिति बढ्दै गइरहेको छ । विश्वभर कोरोना महामारीले तहल्का मच्चाइरहेको समयमा नेपाल झन् यो महामारीबाट प्रताडित हुन परेको छ। पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरीयन्ट पत्तालागे संगै यसले अझ संकटमा पर्ने निश्चित छ । सुनसरीको इटहरीस्थित सामुदायिक अस्पतालले महामारीको वर्तमान समयमा बिरामीमाथि चरम शोषण गरिरहेको पाइएको छ । अस्पतालले बिरामीका चेकजाँच तथा उपचारको लागि विशेषज्ञ डाक्टरहरूको नामावली ठु-ठुला होर्डडिङ्गमा राखेता पनि बिरामीका चेकजाँच तथा उपचारको क्रममा हेल्थ असिस्टेन्ट र अनमीद्वारा उपचार गराइरहेको पिएको छ ।

अस्पतालले चौबिसै घण्टा मेडिकल अफिसरहरूद्वारा सेवा प्रदान गर्ने भनेर गेट बाहिर ठुलठुला बोर्ड टाढाबाट प्रष्ट देखिने गरी राखेको छ । तर बिरामी उपचारको लागि अस्पतालमा पुग्दा यस्तो महामारीको समयमा समेत डाक्टरहरुद्वरा चेकजाँच तथा उपचार गर्नु पर्नेमा हेल्थ असिस्टेन्ट र अनमीले नै काम चलाइरहेको पाइएको छ।

अस्पतालको हलगडास्थित नयाँ ब्लकमा अहिले हेल्थ असिस्टेन्ट र अनमीले बिरामीहरूको चेकजाँच तथा उपचारको काम चलाइरहेका छन् । अस्पतालमा डाक्टरले मात्र बिरामी जाँच्दा शुल्क लिन पाउने भएपनि हेल्थ असिस्टेन्ट र अनमीले पनि पुर्जी नै काटेर बिरामी जाँचिरहेका छन् ।

हालै असाध्यै टाउको दुखेर उपचारका लागि अस्पताल पुगेर फर्किएर हाम्रो सम्पर्कमा आएका एकजना बिरामी भन्छन् “मेडिकल अफिसरले उपचार हुने सुनेको थिएँ र गएको जावो हेल्थ असिस्टेन्टले पो जाँच्ने रहेछ, त्यसपछि खै के टेष्ट कोनि के टेष्ट भन्दै थियो त्यतिकै फर्किएर आएँ, अनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टेलिमेडिसिन सेवा लिएर अहिले स्वास्थ्य लाभ गर्दै छु।”

अस्पतालमा कार्यरत डाक्टरहरूलाई भने अहिले बिदामा राखिएको पाइएको छ। अस्पताल जस्तो संवेदनशील क्षेत्रमा हेल्थ असिस्टेन्ट र अनमीले मात्र सेवा प्रदान गर्दा सेवाग्राहीले कस्तो सेवाको अपेक्षा गर्ने भन्दै सेवाग्राहीले प्रश्न गरेका छन् । स्वास्थ्य जस्तो संवेदनशील  क्षेत्रमा नागरिकको जीवनमाथि खेलवाड गर्नु कुन हदसम्मको लापरबाही हो, सहजै अनुमान लगाउन सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !