४ असार २०७८, शुक्रबार
१ जेष्ठ २०७८, शनिबार १८:३७

शनिबार थप ८१६७ जनामा कोरोना भाइरसको संक्रमण


नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा शनिबार थप ८ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट १७ हजार ९ सय ७१ जना आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, सोही अवधिमा ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

गत २४ घण्टाको अवधिमा १८७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ।

यस्तै काठमाडौं उपत्यकामा शनिबार २ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार १४६ छन्। यस्तै, ललितपुरमा ४४४ र भक्तपुर जिल्लामा ३४७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट पाँच हजार ४ सय ५५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेका छन्। जसमध्ये १,३३१ जना बिरामी आईसीयूमा र ३७० जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !