४ असार २०७८, शुक्रबार
१ जेष्ठ २०७८, शनिबार १८:३४

सासद थापाले पठाए गृह जिल्ला पी. सि. आर. परीक्षण उपकरण


बाजुरा जिल्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मा.लाल बहादुर थापाको पहलमा पी. सि. आर. परीक्षण उपकरण र अन्य स्वास्थ्य सामग्रीहरु साथै अत्याधुनिक सोचालित autoclave मेसिन समेत आज गृह जिल्लाका लागि पठाइएको छ।

जिल्ला अस्पताल मार्तडी बाजुरामा पी. सि. आर.  टेस्ट गराउने उदेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग र जनस्वास्थ्य प्रयोगशाला टेकु सङ्ग समन्वय गरि पी. सि. आर.  मेसिन सहित त्यो सङ्ग सम्बन्धित आवस्यक उपकरणहरु आज गृह जिल्ला बाजुरा पठाइएको हो ।

बाजुरा जिल्लामा पनि कोभिड-१९ संक्रमण दिन प्रतीदिन बढ्दै गएकोले पी. सि. आर.  परिक्षण नहुदा एन्टिजिन प्रबिधी बाट कोभिड परिक्षण हुँदै आइरहेको थियो । २६ वर्षको उमेरमै जि.वि.स सभापति हुनु भई विकासवादी छाप छोडेका सांसद थापा हाल बाजुरा जिल्लाका प्रतिनिधि सभा सांसद हुन।

बाजुरा जिल्लाको बिकासका निम्ति अहोरात्र खटी रहने सासद थापा कोभिडको समयमा समेत विश्राम गरेनन् । केही दिन अगाडि जिल्लामा पी.सि. आर. मेसिन उपलब्ध गराउनु भयो भन्ने खबरले आम बाजुरेली बासिले धन्यवाद ब्यक्त गरेका थिए ।

संघिय सासद थापाका स्वकिय सचिव सुरेस बहादुर रोकायाका अनुसार पी. सि. आर.  मेसिन आज जिल्ला अस्पताल बाजुरा पुग्ने गरि पठाइ सकेको र अन्य उपकरण आज मालबाहक ट्रकमा पठाएको जानकारी दिनु भयो ।

जिल्ला अस्पताल बाजुरामा भौतिक संरचनाको , आर्थिक श्रोतको अभाव ,जनशक्तिको कमि हुन नदिन सबै पक्ष सङ्ग छलफल र समन्वय गर्दै निष्कर्षमा पुग्ने र केही दिन पछि बाजुरा जिल्लाका कोभिड-१९ परिक्षण हुने बिश्वास ब्यक्त गर्नु भयो । सासद थापा सदैब जनताको सेवामा तल्लिन हुने हुनाले बाजुरा जिल्लामा बिकासबादी नेताको रुपमा आम जनसमुदायहरुले चित्रण गर्ने गरेका छन् । बिकास बादि सासद थापा लाई सामाजिक संजालमा धन्यवादको ओइरो आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !