४ जेष्ठ २०७८, मंगलवार
१९ बैशाख २०७८, आईतवार १९:१८

अब बाजुरा जिल्ला अस्पताल मै पि.सि.आर. टेस्ट हुने


बाजुरा — बाजुरा जिल्लाका लागि सांसद लाल बहादुर थापाको पहलमा पिसिआर मेशीन आउने भएको छ ।

सुदुर पश्चिमको बिकट जिल्लामा सांसद थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरि जिल्लाका लागि एक थान रियल टाईम पिसिआर मेशीन उपलब्ध गराएको जनस्वास्थ्य निरीक्षक हिमाल सिंह ठकुरीले बताएका छन । त्यसै गरि ३ सय थान एन्टिजेन किट, १ हजार ५ सय मास्क, सेनिटाइजर ५० थान र आइ आर थर्मोमिटर ५ थान सांसद थापाको पहलमा उपलब्ध भएको छ र उक्त सामग्री केही दिनमै बाजुरा पठाउने तयारी भएको छ भने पिपई सेट, माक्स, पञ्जा लगायत अन्य सामग्री धनगढी स्थित तत्कालीन क्षेत्रिय स्टोर बाट बाजुरा पठाइसकिएको जनाईएको छ ।

कोरोना महामारीको दोस्रो लहर डरलाग्दो तरीकाले संक्रमण फैलिन लागेको र त्यसको प्रत्यक्ष प्रभाबमा बाजुरा पनि परेकोले बाजुरामा पीसिआर मेसिन नहुदा कोरोना संक्रमितहरुका स्वाबहरु जिल्ला बाहिर लिएर परिक्षण गर्नु पर्ने बाध्यता रहेको थियो । पीसिआर मेसिन जडान भएपछि कोरोना परिक्षण जिल्ला बाटै हुने भएपछि स्थानिय खुशी भएका छन् ।

पीसिआर मेसिन जिल्लामै जडान हुनु खुशीको कुरा हो, यो महामारीको समयमा अन्य काम भन्दा बाजुराली नागरिकको स्वास्थ्यलाई मध्यनजर गरेर स्वास्थ्य सामग्री उपलब्ध गराउन पहल गरेकोमा बाजुराली नागरिकले धन्यबाद दिएका छन् ।

पीसिआर मेसिन सहितका अन्य स्वास्थ्य सामग्रीहरु बुझिसकेको छु जडान पछिको जनशक्ति ब्यबस्थापनको लागि सबै संग समन्वय गर्दै व्यवस्थापनमा जुटिरहेको बताउँदै कोरोना नियन्त्रणको लागि रोकथाम नै उपयुक्त हो र त्यसका लागि “माक्स, सेनिटाईजर र सामाजिक दूरी कायम राख्नु जती उपयुक्त अरु नभएको” साँसद थापाले बताए ।

जिल्लामा पीसिआर मेसिन नहुुदा बाजुरा जिल्लामा एन्टिजेन बिधिबाट परिक्षण गरिएका कोरोना पोजेटिभहरुको पीसिआर परिक्षण गर्न पाएका छैन । एन्टिजेन किट बिधिबाट परिक्षण गर्दा ५ दिनमा ५३ जना पुुगेका छन् । ती कसैको पनि पीसिआर परिक्षण गरिएको छैन । सासद थापा जिल्लाको समग्र बिकास बादी नेताको रुपमा चिनिन्छन ।

Tags :

प्रतिक्रिया दिनुहोस !