४ जेष्ठ २०७८, मंगलवार
२८ चैत्र २०७७, शनिबार १३:२२

जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाको गाडी दुर्घटना, छातीमा चोट


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाको गाडी दुर्घटना भएको छ।

शुक्रबार दिउसो करिब ५ बजे महालक्ष्मीस्थानमा उनको बी एए ४५२६ को कारलाई विपरीत दिशातर्फ आएको बा प २ च ९७१४ को सेतो कारले ठक्कर दिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता राजेश कुमार गुप्ताको अनुसार डा. झाको छातीमा चोट लागेको छ।

‘उहाँ छोरीको विद्यालयबाट घर फकिँदै लाग्नु भएको छ,’ गुप्ताले हेल्थ चौतारि सग कुराकानीमा भने, ‘ विपरित दिशाबाट आएको कारले ठक्कर दिएको रहेछ।’

झाको शुक्रबार बयोधा अस्पतालमा उपचार भएको थियो।

कारमा सवार अन्य व्यक्तिकाे अवस्था समान्य छ।

‘हिजो बयोधा अस्पतालमा डा. झाको उपचार भएको थियो,’ गुप्ताले भने, ‘ स्वास्थ्य अवस्था समान्य भएपछि डिस्चार्ज हुनुभएको छ।’
गुप्ताको अनुसार अहिले झा. घरमा आराम गरिहेकी छिन्।

डा. झाको कार कच्याकुचुक भएको छ।

कारमा ठोक्किनेबित्तिकै चालक र त्यसमा सवार भएका व्यक्तिहरुको पनि बिएन्डबिमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !