४ जेष्ठ २०७८, मंगलवार
१५ चैत्र २०७७, आईतवार १७:१४

आजको कोरोना अपडेट : ७३ प्रतिशत संक्रमित काठमाडौँ उपत्यकामा


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालभर थप ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा थप संक्रमित फेला परेका हुन् ।

यसमध्ये अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन्  । भक्तपुरमा ६, ललितपुरमा ७ र काठमाडौँमा ५२ जना नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा ९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभर ५७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म नेपालमा २ लाख ७६ हजार ८३९ जना संक्रमित फेला परेका छन् । यसमध्ये २ लाख ७२ हजार ५३० जना निको भएका छन् । यसबाट मृत्यु हुनेको संख्या ३०२७ जना रहेको छ ।


प्रतिक्रिया दिनुहोस !