४ जेष्ठ २०७८, मंगलवार
९ चैत्र २०७७, सोमबार २१:२५

सबै स्वास्थ्य कर्मचारी कोरोना महामारीको व्यवस्थापनका लागि तयार रहनू : स्वास्थ्य मन्त्रालय


०९ चैत २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढ्ने सक्ने भन्दै मातहतका निकाय तथा स्वास्थ्य कर्मचारीलाई व्यवस्थापनमा लाग्न निर्देशन दिएको छ।

भारतमा कोरोनाको दोस्रो लहर सुरू भएसँगै नेपालमा पनि त्यसले असर गर्ने विज्ञले बताउँदै आएका छन्।

भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि जोखिम बढ्नसक्ने भन्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, सङ्घीय प्रादेशिक अस्पताल, स्वास्थ्य सङ्घसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका रहेको हेल्थडेक्सलाई चुस्त बनाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

त्यसैगरी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले भारतबाट आएका मानिसलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने र प्रवेश गर्ने नाकामा परीक्षण गर्न एन्टिजेन किट पठाइसकेको बताए।

मन्त्रालयले हिजो नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गर्दै देशभर सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, बैठक र भिडभाड हुने काम नगर्न– नगराउन निर्देशन दिएको छ।

मन्त्रालयले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न अनुरोध गर्दै आएको छ


प्रतिक्रिया दिनुहोस !