४ जेष्ठ २०७८, मंगलवार
१३ पुष २०७७, सोमबार १०:२६

अविश्वास प्रस्तावको सामना गर्ने मुख्यमन्‍त्री राईको दाबी


img-responsive

विराटनगर, १३ पुस । प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्न तयार भएको बताएका छन्। आइतबार बिहान प्रदेशसभा सचिवालयमा प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

केन्द्रको राजनीतिक गतिरोध र प्रतिनिधिसभा विघटनलाई आधार बनाएर यो प्रदेशमाथि सुनियोजित रुपमा आक्रमण भएको उनको भनाई छ । 

 दर्ता भएको अविश्वासको प्रस्ताव  प्रदेश माथिकै आक्रमण भएकाले यसलाई सांसदले केलाएर बुझ्ने र  बहुमत सांसदले साथ दिने विश्वास समेत उनले राखेका छन् ।  राईले प्रदेश सरकार असक्षम भएर, प्रदेश सरकारले काम गर्न नसकेर र मुख्यमन्त्रीले नाजायज काम गरेर नभइ कसैद्वारा निर्देशित भएर मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको उल्लेख गरेका छन् । 

‘यो अविश्वासको प्रस्ताव सुनियोजित, बनिबनाउ र एउटा खास ठाउँबाट निर्देशित भएर प्रदेशहरुलाई पनि कमजोर बनाउने, अस्थिरता, अराजकता र अव्यवस्था निम्त्याउने साथै संघीयतालाई संस्थागत गर्न नदिने भन्ने मनसायबाट आएको हो भन्दै प्रदेशसभाले यसको छिनोफानो गर्नेमा पनि उनी विश्वस्त रहेका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका सांसदहरूले आइतबार बिहान राईविरूद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। अविश्वास प्रस्तावमा ३७ सांसदले हस्ताक्षर गरेका छन् । नेकपामा केन्द्रमा देखिएको विवादसँगै मुख्यमन्त्री राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस !