९ माघ २०७७, शुक्रबार
२ पुष २०७७, बिहीबार ०८:३८

भारतमा साढे ९९ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्‍टि


काठमाडौं। छिमेकी देश भारतमा अहिलेसम्म ९९ लाख ५४ हजार ७६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ८६१ जना संक्रमित थपिएका छन्। त्यस्तै ३५७ जनाको मृत्यु भएको छ। 

भारतमा हालसम्म एक लाख ४४ हजार ४८७ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्। 

त्यहाँ ९४ लाख ८१ हजार ३६० जना संक्रमणमुक्त भएका छन्। हाल तीन लाख २८ हजार ९२२ जना सक्रिय संक्रमित छन्। 

त्यस्तै आठ हजार ९४४ जना गम्भीर बिरामी रहेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !