अछामको कमलबजार प्रयाेगशालामा गरिएको परिक्षणमा थप २४ जनामा काेराेना संक्रमण पुष्टि

मंलगसेन, अछाम
अछाममा गरिएको कोरोना परिक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा थप २४ जनामा संक्रमण पुष्टि भएकाे छ ।
प्रयोगशालाका सुचना अधिकारीका अनुसार थप संक्रमित हुनेहरुमा जिल्लाको मंगलसेन नगरपालिका १६ जना, कमलबजार नगरपालिका २ जना र बाजुराको बुढिगंगा नगरपालिकाका ६ जना रहेका छन ।