९ माघ २०७७, शुक्रबार
८ मंसिर २०७७, सोमबार २१:३६

काेराेना विरुद्धको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी जाेशीमा काेराेना संक्रमण पुष्टि


तस्बिर : लक्ष्मी प्रसाद जाेशी

धनगढी,कैलाली
कोरोना विरुद्धको मोर्चामा अग्र पङ्क्तिमा खटिएका डोटीको जोरायल गाउँपालिका–२ स्थित छतिवन स्वास्थ्य चौकी बुडर डाेटी मा  कार्यरत अहेब तथा नेपाल सि एम ए संघका सदस्य  लक्ष्मी प्रसाद जोशी लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा हिजो  गरिएको परीक्षणमा अाज  सोमबार सङ्क्रमण पुष्टि भएको जोशीले बताएका छन ।

उहाँ अहिले अाफनै निवास भजनी नगरपालिका- ४ मा होम आइसोलेसनमा बसिरहेका छन र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन ।
मंसिर १ गतेदेखि हल्का  ज्वरो आउने टाउको र शरीर दुख्ने समस्या देखिए पछि उनी बिदा लिएर घर आएका थिए ।
घरेलु औषधि खाँदा पनि सन्चो नभएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताएका छन ।

अहिले ज्वरो र शरीर दुख्न कम भए पनि रुघा खोकी लागी रहेको उनले बताएका छन ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जोशीले  भनेका छन्:- ” कोरोना विरुद्धको मोर्चामा खटिंदै गर्दा म आफै कोरोना बाट संक्रमित भएकोछु, हाल सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउन चाहान्छु यस बिच मेरो प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पुर्ण मित्रहरुलाई बिशेष साबधानी अपनाउनु हुन समेत हार्दिक अनुरोध गर्दछु । ” 


प्रतिक्रिया दिनुहोस !