९ माघ २०७७, शुक्रबार
७ मंसिर २०७७, आईतवार १७:०४

बागमती प्रदेश लोक सेवाले भोलि ठुलो सङ्ख्यामा चौथो तहको विज्ञापन गर्दै


काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले भोलि सोमबार ठुलो सङ्ख्यामा विज्ञापन गर्ने भएको छ ।

लोक सेवाको वार्षिक पदपूर्ति तालिकाअनुसार चौथो तहको प्राविधिक तथा अप्राविधिक पदहरूको विज्ञापन खुल्ने भएको हो । आयोग उच्च स्रोतका अनुसार करिब ४ सय जनाका लागि विज्ञापन खुल्दै छ । यद्यपि सबै जिल्लाहरूबाट मागहरू आउने क्रम जारी रहेको यो सङ्ख्यामा केही थपघट हुन सक्ने जनाइएको छ ।

बागमती प्रदेशले पहिलो पटक खोल्न लागेको विज्ञापनका लागि आवेदन दिन चाहने उम्मेदवारले लोक सेवाको वेबसाइटबाट फारम डाउनलोड गरी आवेदन भर्न सक्नेछन् । यसरी भरेका आवेदन फारमहरू काठमाडौँ उपत्यकाको हकमा प्रदेश सुशासन केन्द्र९जावलाखेलमा रहेको छ०, मकवानपुर जिल्लाको हकमा प्रदेश लोक सेवा केन्द्रीय कार्यालय र प्रदेश भित्रका अन्य जिल्लाको हकमा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा बुझाउन सकिनेछ ।

बागमती प्रदेश लोक सेवाले परीक्षा सञ्चालनका लागि पाठ्यक्रमसमेत तयार गरिसकेको जनाएको छ । आयोगले यसैपालीदेखी अनलाइन सिस्टमबाट दरखास्त दिन सक्ने व्यवस्था गर्न खोजेको भए पनि विविध प्राविधिक कारणले अहिले त्यो सम्भव हुन नसकेको जनाएको छ । आगामी पुसमा हुने पाँचौँ तहको विज्ञापनमा भने अनलाइन सिस्टममार्फत नै आवेदन दिन सक्ने गरी काम भइरहेको आयोग स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !