९ माघ २०७७, शुक्रबार
७ मंसिर २०७७, आईतवार १६:५९

काेभिड अपडेट:थप १६ सय ६९ जनामा काेराेना संक्रमण पुष्टि,१६ काे मृत्यु


काठमाडौं,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । यो सँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको बताए । त्यसतै पछिल्लो  २४ घण्टामा जम्मा ८ हजार ३२ जनाकाे  पीसीआर परीक्षण भएकाे  छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् ।

हालसम्म  देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ पुगेको  छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३२१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !