१८ मंसिर २०७७, बिहीबार
५ मंसिर २०७७, शुक्रबार १६:३८

शुक्रबार थपिए एक हजार ९ सय ४५ कोरोना संक्रमित, २२ जनाको मृत्यु


फाइल तस्बिर

नेपालमा थप एक हजार ९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो। 

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २२ जनाले ज्यान गुमाएका छन्। साथै पाँच हजार ३ सय ६४ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। 

अहिलेसम्म नेपालमा २ लाख १६ हजार ९ सय ६५ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये २४ हजार ६ सय ६५ सक्रिय  संक्रमित छन्। 

एक लाख ९१ हजार २ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै अहिलेसम्म यसको संक्रमणबाट एक हजार २ सय ९८ जनाले ज्यान गुमाएका छन्।   


प्रतिक्रिया दिनुहोस !