१७ मंसिर २०७७, बुधबार
२ मंसिर २०७७, मंगलवार २०:०८

स्कारपियोको ठक्करले मोटरसाइकलमा सवार युवतीको मृत्यु, चालक घाइते


काठमाडौँ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ घोराहीमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

लु अ क ३९४६ नम्बरको स्कारपियोले सोमबार दिउँसो रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २२ वर्षीया मनिषा लामिछानेको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २४ वर्षीय विराज लामिछानेको सोही अस्पतालमा उपचार भइरहेको छ। स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !